तनहुँको पर्यटकीय स्थल बन्दिपुरमा नेपथ्यको लाईभ कन्सर्ट हुने भएको छ । बिहिबार बन्दिपुरमा आयोजित पत्रकार सम्मेलन गरि अगामी फागुन २ गते भ्यालेन्टाईन डे को अवसरमा सो कन्सर्ट हुन लागेको जनाकारी गराइएको हो ।


खङ्गदेवी बन्दिपुर युवा क्लव र निको इभेन्टको आयोजनामा नेपालकै बहुचर्चित सांगीतिक कार्यक्रम हुने कार्यक्रम संयोजक रवि श्रेष्ठले जनाकारी दिनुभयो । उहाँका अनुसार बन्दिपुरलाई सांस्कृतिक तथा साँगितिक पर्यटन गन्तव्यको रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने ,स्थानिय पर्यटन व्यवसाय होटल,होमस्टे,यातायात,हस्तकलालाई प्रत्यक आर्थिक गतिविधि वृद्धि गर्ने उदेश्यले कार्यक्रम आयोजना गरेको श्रेष्ठले बताउनुभयो । युवाहरुलाई सिर्जशील,अनुसाशित तथा सकारात्मक गतिविधिमा संलग्न गराउदै सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने ,बन्दिपुरको मौलिक नेपाली संङ्गीत,संस्कृति र राष्ट्रिय चेतनाको प्रवद्र्धन तथा संरक्षण गर्नु रहेको श्रेष्ठले बताउनुभयो ।

सो पत्रकार सम्मेलनमा बन्दिपुर गाँउपालिका अध्यक्ष सुरेन्द्र थापाले यस सांगीतिक कार्यक्रमले बन्दिपुरको ग्रमाणी क्ष्ोत्रका विकासका साथै बन्दिपुरबाट देखिने प्राकृति दुश्य,संस्कृति,जीवनशैली र अतिथि सत्कारको थप प्रवद्र्धन हुने अपेक्षा गरेको बताउनुभयो ।

कार्यक्रम करिब दुई घण्टा प्रत्यक्ष लाइभ हुनेछ भने करिब ६ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको सचिवलय सदस्य सुनिल श्रेष्ठले जनाकारी दिनुभयो । कार्यक्रमलाई मर्यादित ,व्यवस्थित बनाउन सचिवालय गठन गरिएको छ । सचिवालयले व्यवस्थापन,सुरक्षा, प्रचार–प्रसार, स्वयंसेवक परिचालन लगाएको जिम्मेवारी दिएको श्रेष्ठले बताउनुभयो । उक्त लाईभ कन्सर्ट बन्दिपुरको टुडिखेलमा हुने आयोजकले जनाएको छ ।