ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय शाखा दमौलीको आयोजनामा पाँच दिवसीय श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ। आगामी माघ २२ गते देखि २६ गते सम्म महायज्ञ सञ्चालन हुन लागेको हो ।
ज्योतिस्वरूप परमपिता परमात्माले सम्पूर्ण मानव आत्माहरूको मनरूपी कुरुक्षेत्रमा चलिरहेको द्वन्द्वको समाधान गर्दै पवित्रता, सुख, शान्ति र आनन्द प्राप्त गराउने उद्देश्यले कार्यक्रम आयोजा गरेको शाखा प्रमुख ब्रह्माकुमारी यामुना दिदिले जनाकारी दिनुभयो । उहाँका अनुसार गीता ज्ञान वर्तमान समयमा मानिसको व्यक्तिगत मानसिक, पारिवारिक तथा व्यवसायिक जीवनमा आइपर्ने विविध समस्याको समाधानको आधार हो।
कर्मयोगको अद्वितीय कला सिकाउने यो शास्त्र जाति, धर्म, वर्ग, पेशा र लिङ्गको सीमाभन्दा माथि उठेर सम्पूर्ण मानव आत्माहरूका लागि साझा, अनुकरणीय तथा दिव्य ज्ञानकोषका रूपमा स्थापित रहेको महायज्ञका संयोजक ब्रह्माकुमार शिशिर रेग्मीले बताउनुभयो। व्यक्तित्व विकास ,चरित्र निमार्ण र विश्व शान्तिका ईश्वरीय शाक्ति र बलिदानको लागि यो सुनौलो अवसर हुने उहाँले जनाकारी दिनुभयो ।
उक्त श्रीमद्भागवत गीता ज्ञान महायज्ञ अनिवार्य दान र सहयोग उठाउन आयोजना गरिएको नभई विशुद्ध धार्मिक एवम् प्रवचन र आत्मिक अनुष्ठानको निम्ति आयोजना गरिने आयोजकले जनाएको छ ।
महायज्ञमा राजयोगिनी ब्रह्माकुमारी अमृत दिदीको मुखारबिन्दुबाट प्रवचन हुनेछ । कार्यक्रम बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म दमौली सभाहलमा सञ्चालन हुनेछ।