रोट्रयाक्ट क्लब अफ दमौलीको आयोजनामा २३ औँ स्वर्गीय रोट्रयाक्टर सचिन स्मृति खुल्ला मिनी म्याराथन प्रतियोगिता हुने भएको छ ।आगामी माघ १० गते उक्त स्मृति खुल्ला मिनी म्याराथन कार्यक्रम हुने भएको हो ।

प्रतियोगिताको प्रथम पुरस्कार नगत रु १५ हजार ५ सय प्रमाणपत्र ,द्वितीय पुरस्कार नगत रु १२ हजार ५ सय प्रमाणपत्र, तृतीय पुरस्कार नगत रु ८हजार ५ सय प्रमाणपत्र रहेको क्लवका अध्यक्ष गोविन्द तिमल्सिनाले जनाकारी दिनुभयो । क्लबको सिग्नेचर प्रोजेक्टका रूपमा हरेक वर्ष निरन्तर रूपमा सफलतापूर्वक सञ्चालन हुँदै आएको र यश वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिन लागेको उहाँले बताउनुभयो ।

प्रतियोगिताको कुल दुरि ९ कि मि रहने कार्यक्रम संयोजक सुमन राज ओझाले जनाकारी दिनुभयो ।प्रतियोगिता अनसन चौतारीबाट सुरु भई सफासडक, पृथ्वीराजमार्ग, गल्बुवेशी, भादगाउँ हुँदै छाब्दी बाहारी मन्दिरमा समाप्त हुने उहाँले जनाकारी दिनुभयो । प्रतियोगितामा विभागीय धावकहरूलाई सहभागी नगराइने ओझाले बताउनुभयो। साथै सहभागीहरूले २०८२ साल माघ ९ गते बेलुका ६ बजेसम्म नाम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ।