नेपाली कांग्रेसको सभापति पदमा महामन्त्री गगन थापाको उम्मेदवारी दर्ता भएको छ । भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा थापाले सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन समितिका अनुसार सभापति पदमा उनको एकल मनोनयन दर्ता भएको हो ।
महामन्त्रीसहितका पदाधिकारीका पदमा पनि मनोयन दर्ता भएको निर्वाचन समितिका संयोजक सीताराम केसीले बताए । यस्तै, संस्थापन पक्षबाट ३० जना केन्द्रीय समिति सदस्य लिएर विशेष महाधिवेशनमा सहभागी हुने पुष्पा भुसालले सहमहामन्त्री पदमा उम्मेदवारी दिएकी छन् ।
यसैबीच विशेष महाधिवेशनस्थलमा मनोनयन दर्ताका साथसाथै उम्मेदवारी फिर्ताको फाराम समेत सँगसँगै भर्ने कार्य भइरहेको एक नेताले बताए ।
दोस्रो विशेष महाधिवेशनमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।





