उद्योग वाणिज्य संघ तनहुँको अध्यक्षमा ईम कुमार मल्ल निर्वाचित हुनुभएको छ । तनहुँ उद्योग वाणिज्य संघको ४० औं वार्षिक साधारणसभा एवं १८ औं अधिवेशनकबाट उहाँ निर्बिरोध निर्वाचित हुनुभएको हो । अध्यक्ष पदमा अन्य उमेदवारको दाबी नरहेपछी सर्वसम्मत भएको घोसणा गरीएको निवर्तमान अध्यक्ष बैकुण्ठ मिश्रले जानकारी दिनुभयो ।
तेसैगरी संघको वरिष्ठ उपाध्यक्षमा कुमार मल्ल र सुवोध अधिकारीको उम्मेदवारी परेको छ । संघको प्रथम उपाध्यक्षमा दिनेश कुमार श्रेष्ठ ,सुरेश पुरी ,दिपक कोईरालाको उम्मेदवारी परेको छ भने द्वितीय उपाध्यक्षमा प्रकाश चन्द हड्खले,राजकुमार श्रेष्ठ ,भिमलाल श्रेष्ठको उम्मेदवारी परेको मिश्रले जानकारी दिनुभयो ।
संघको कोषाध्यक्षको पदमा शिव ओम मल्ल , भुपाल आले मगर, महेशकुमार मल्लको उम्मेदवारी परेको मिश्रले जानकारी दिनुभयो ।
त्यस्तै सदस्यहरूमा लाल प्रसाद प्रधान, राम चन्द्र सापकोटा, हरि गहतराजको उम्मेदवारी परेको संघले जनाएको छ ।






