तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको सभापतिमा शेषराज श्रेष्ठ विजयी भएका छन् । बुधबार राति सम्पन्न मतगणनाअनुसार इकाई सभापतिमा शेषराज श्रेष्ठ विजयी भएका हुन् ।
कुल खसेको ४२२ मतमध्ये श्रेष्ठले २३५ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी अन्जु दाहालले १८१ मत प्राप्त गरिन् ।
उपसभापतिमा नारायण मल्ल र कोषाध्यक्षमा युवराज भण्डारी निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै सदस्यहरु बलराम वाग्ले, दीपक राई, गोविन्द बराली, मिलनराज न्यौपाने, नविन पुरी, नारायण सापकोटा, पूर्णबहादुर विक, पुरुषोत्तम पौडेल, प्रेमकुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ, राजु गोशली, सुनिल अधिकारी, अलि मिया,सुमिन मल्ल सर्वसम्मत निर्वाचित भएका छन् ।





