रितिका सुनार
दमौली ,तनहुँ
व्यास नगरपालिका १ स्थित आदिकवि भानुभक्त क्याम्पस र द्रव्य शाह बहुमुखी क्याम्पसका असल अभ्यास विषयक अन्तरक्रिया कार्यक्रम मङ्गलबार सम्पन भएको छ । उक्त कार्यक्रम क्याम्पस सञ्चालक समितिको अध्यक्ष केशबहादुर सुनारको अध्यक्षतामा भएको हो।


अन्तरक्रियाको अन्त्यमामा द्रव्यशाह बहुमुखी क्याम्पस, गोर्खाका तर्फबाट उक्त क्याम्पसका क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष मोहन प्रकाश पोखरेलले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
दुवै क्याम्पसहरू त्रिभुवन विश्वविद्यालयका सम्बन्धन प्राप्त क्याम्पस हुन्। दुवै क्याम्पसहरूले विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरबाट गुणस्तर सुनिश्चितता प्रत्ययन प्रमाणपत्र अथवा क्युए प्रमाणपत्र प्राप्त गरिसकेका छन् । दुवै क्याम्पसहरुमा स्थानीय जनसमुदायको अपनत्व रहेको छ। दुई क्याम्पसहरु बीच संस्थागत सहकार्यको सम्झौता भइसकेको छ। द्रव्य शाह बहुमुखी क्याम्पस गुणस्तर सुनिश्चितता प्रत्ययनको दोस्रो चक्रको लागि तयारी गरिरहेको छ।


उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्य कुलबहादुर कुँवर, शंकर बहादुर कुँवर, टेकबहादुर राना र ज्ञानहरी अर्याल, क्याम्पस प्रमुख एकदेव अधिकारी, सहायक क्याम्पस प्रमुख कृष्णप्रसाद पराजुली, आईक्यूएसी प्रमुख रामचन्द्र दुवाडी, विभागीय प्रमुखहरू कुशल लाल श्रेष्ठ र जयराम अधिकारी, सहप्राध्यापक डा बद्रीकुमार कार्की, उपप्राध्यापकहरु( नकुल थापा, केशवराज रेग्मी, धर्मजंग थापा, शरण श्रेष्ठ र अहिमराज जोशी, सहायक प्राध्यापक डेनिमल बराम, परीक्षा सहायक शर्मिला थापा र कार्यालय सहयोगी सिता तिवारीको सहभागिता रहेको थियो।


उक्त कार्यक्रममा क्याम्पसको तर्फबाट सञ्चालक समितिका अध्यक्ष, उपाध्यक्ष, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुखहरु रामकुमार अधिकारी, विशेश्वर तिमल्सेना र बिमल गिरी, पब्लिक क्याम्पस प्राध्यापक संघ क्याम्पस एकाइका अध्यक्ष एवं स्वअध्ययन प्रतिवेदन लेखन समिति संयोजक राजन घिमिरे, नेपाली विभागका प्रमुख सुशीलप्रसाद वाग्ले, उपप्राध्यापक विष्णु हडखले, प्रशासकीय अधिकृत बसन्ती थापा आलेमगर र ईएमआईएस अफिसर माइकल थापाको सहभागिता रहेको थियो।
अन्तरक्रियामा द्रव्य शाह बहुमुखी क्याम्पसको प्रमुख एक देव अधिकारी र आदिकवि भानुभक्त क्याम्पसका तर्फबाट आइक्यूएसी प्रमुख बिमल गिरीले क्याम्पसको असल अभ्यासको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले राख्नुभएको जिज्ञासाहरुलाई आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महा प्रसाल हड्खलेले प्रष्ट पर्नु भएको थियो ।





