राष्ट्रिय स्वतन्त्र पार्टी व्यास नगरपालिका वडा नं ३ को सभापतिमा राम बहादुर गुइदेल सर्वसम्वत चयन भएका छन् । रास्वपा वडाको मंगलबार सम्पन्न अधिवेशनले गुइदेल सर्वसम्वत निर्वाचित गरेको हो । उपसभापतिमा सुनित शर्मा पराजुली,सचिबमा किस्मत कुमार श्रेष्ठ चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा जोहर दिन मिया ,राम कुमार श्रेष्ठ ,बिर्ख बहादुर नेपाली ,अमृत कुमार श्रेष्ठ चयन भएका छन् ।
कार्यक्रममा जिल्ला सभापति विश्व बास्तोला,व्यास नगर सभापति चूडामणि दाहाल, क्षेत्रीय सभापति बिष्णु बहादुर पन्त,म्याग्दे सभापति मनोज अधिकारी लगायतका उपस्थित रहेको थियो ।









