तनहुँको दमौलीमा गुरुङ समुदायले पर्व ‘तमु ल्होसार’ नयाँ वर्ष मङ्गलबार भव्यताका साथ मनाएका छन् । पुस १५ को अवसरमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् तनहुँको आयोजनामा निस्किएको साँस्कृतिक झाँकी र र्यालीले दमौली बजारको परिक्रम गरेका थिए।


बजार परिक्रमापछि र्याली दमौली स्थित खुला चौरमा पुगेर औपचारिक सभामा परिणत भएको थियो । जातीय पहिचान झल्किने परम्परागत भेषभुषामा सजिएका तमु समुदायका मौलिक नाचहरू सोरठी, घाँटु, चुड्का ,कौरा प्रदर्शन गरिएको थियो ।











