नमस्ते देउराली युथ क्लवले न्यानो कपडा वितरण गरेको छ । तिहारमा देउसी भैलो खेलेर संकलित रकमबाट व्यास नगरपालिका वडा नं ३ मा रहेको शिव पाञ्चायन मा विका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो।

मंगलबार विद्यालयम एक कर्यक्रम बिच कक्षा नर्सरी देखि ९ कक्षा सम्मका विद्यार्थीहरूलाई स्विटर र टोपी वितरण गरिएको अशोक थापाले जानकारी दिए । उनका अनुसार मौसम प्रतिकुलताका कारण विद्यार्थीहरुलाई अध्ययनमा चिसोले कुनै असर नपरोस् भन्ने उद्देश्यले स्कुलमा गई न्यानो कपडा वितरण गरिएको बताए।

विद्यालयका प्रधानाध्यापक तोया गिरीले विद्यालय परिवार र अभिभावकको तर्फबाट सहयोग प्रति आभार व्यक्त गरेको बताए। त्यस्तै स प्रधानाध्यापक हेमलाल घिमिरेले हरेक स्कुलका विद्यार्थीहरुलाई यो जाडोको मौसममा न्यानो कपडा को आवश्यकता पर्ने मर्म बुझी स्कुलमा आई न्यानो कपडा वितरण गरी सहयोग गरीएकोमा आभार व्यक्त गरे ।

नमस्ते देउराली युथ क्लवले धेरै अन्य सामाजिक क्षेत्रमा समेत सहयोग गर्दै आइरहेको छ ।