व्यास नगरपालिको कार्यालले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइताबार एक सुचना निकल्दै व्यास नगरपालिकाले शहीद दिवसको अवसरमा छैटौं व्यास नगरपालिका अल्ट्रा म्याराथन आयोजना गरेकाले सार्वजनिक बिदा दिएको हो । व्यास–५ मानुङ्ग देखि व्यास–८ को पुलिमराङ्गसम्म हुदै आएको ४४ किमिको म्याराथन दौड गरेको पालिकाले जनाएको छ । नगरपालिका अन्र्तगतका संम्पूर्ण कार्यालय,सामुदायिक एवं नीजि शैक्षिक संस्था,स्वास्थ्य संस्थालाई बिदा दिइएको छ ।