नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँको ७ औँ अधिवेशनले सनम तामाङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
वरिष्ठ उपाध्यक्षमा सिद्धान्त थापा मगर, उपाध्यक्षमा शेरबहादुर बोटे, महिला उपाध्यक्षमा सरु कुमाल, सचिवमा जीवन गुरुङ, कोषाध्यक्षमा ठाकुर दरै र सह–सचिवमा पृथ्वी भुजेल निर्वाचित हुनुभएको छ ।
त्यसैगरी, सदस्यमा पत्थर प्रधान, कृष्णबहादुर दुरा, विष्णुबहादुर माझी र दीपक राई चयन हुनुभएको छ ।






