बन्दीपुर अस्पतालको सेवा विस्तार अन्तर्गत तनहुँको डुम्रेमा आज बिहिबार पूजा–अर्चना सहित औपचारिक रूपमा गृह प्रवेश गरेको छ।

बिहिबार नै हस्तान्तरण प्राप्त सामग्रीहरूको एकीन रुजु गरी सरसफाइ गर्न थालिएको अस्पतालले जनाएको छ। सामग्री र संरचनाको अवस्थाअनुसार अझ केही दिन विशेष सरसफाइ कार्य जारी राख्नुपर्ने देखिएको अस्पताल प्रशासनले जनाएको छ। सामग्रीहरू आवश्यकताअनुसार व्यवस्थित गर्ने कार्य पनि सुरु गरिएको छ।

सेवा विस्तार शाखामा बिहीबारदेखि कर्मचारी ड्युटी रोस्टर लागू गरिएको छ। अर्को साताभित्र पहिलो चरणको पूर्ण सरसफाइ तथा स्ट्रक्चरल लेआउट व्यवस्थापन पूरा गरिने जानकारी अस्पतालले गराएको छ।

अस्पतालले उपलब्ध स्रोत, साधन र जनशक्ति अनुरूप सेवाहरूलाई क्रमिक रूपमा तालिका बनाउँदै विस्तार गर्ने बताएको छ। सेवाप्रवाह सहज र प्रभावकारी बनाउन समन्वय र आवश्यक सहयोगका लागि सम्बन्धित सबैलाई अनुरोध गरेको छ। बन्दीपुर अस्पतालका अनुसार विस्तृत सेवा तालिका आगामी सातामा सार्वजनिक गरिने अस्पतालले जनाएको छ।