व्यास नगरपालिकाले आज ‘लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान’को उद्घाटन कार्यक्रमकै अवसरमा शारीरिक अपाङ्गता भएका व्यास ५ का स्थानीय बासिन्दा शिवलाल श्रेष्ठलाई एकवटा इलेक्ट्रिक व्हीलचेयर हस्तान्तरण गरेको छ। सामाजिक न्याय, समावेशी विकास तथा अपाङ्गता–मैत्री सेवाको प्रवर्द्धन गर्ने उद्देश्यका साथ कार्यक्रम सम्पन्न गरिएको हो।
नगर प्रमुख बैकुन्ठ न्यौपानेले अपाङ्गता भएका नागरिकहरूको पहुँच, स्वतन्त्रता र सम्मानजनक जीवनका लागि यस्ता सहयोग अत्यन्त महत्त्वपूर्ण हुने बताउनुभएको थियो ।उहाँका अनुसार यो सहयोगले शिवलाल श्रेष्ठज्यूको दैनिक जीवन सहज मात्र होइन, आत्मनिर्भरता र सामाजिक सहभागिता पनि बढाउनेछ।”
कार्यक्रममा उप–प्रमुख, नगर कार्यपालिका सदस्यहरू, जिल्ला तहका सरकारी अधिकारी, सुरक्षा निकाय तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति थियो।





