व्यास नगरपालिका–१ भादगाँउ स्थित निर्मल माध्यमिक विद्यालयमा १ लाख ४१ हजार ६०० को अक्षयकोष स्थापना गरिएको छ । बिहीबार विद्यालयका एक कार्यक्रम बिच सोही विद्यालयमा अध्ययनरत ०५८ सालको एसएलसी व्याजका विद्यार्थीहरुले अक्षयकोष स्थापना गरेका हुन् । प्रधानाध्यापक गणेशचन्द्र बस्नेतलाई अक्षयकोष स्थापनाका लागि रकम हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा पूर्व विद्यार्थी मञ्चका अध्यक्ष नारायणप्रसाद कोइराला र सोही विद्यालयमा अध्ययनरत ०५८ सालको एसएलसी व्याजका विद्यार्थी संयोजक हरिप्रसाद कोइराला,इन्जिनियर बिष्णुप्रसाद पाण्डे,रघुनाथ तिमिल्सेना लगायतको उपस्थित रहेको थिए।
उक्त व्याजका २८ जना विद्यार्थीले स्वतस्र्फूत रु एक लाख ४१ हजार ६ सय संकलन गरी गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न विद्यालयमा अक्षयकोष स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले जनाकारी दिनुभयो ।