टोकियोमा अमेरिकी दूतावासलेसमेत चेतावनी “जारी गर्न प्रेरित गरेसँगै भालुको आक्रम;णबाट बच्न प्रहरी अधिकारीहरूलाई बिहीबारदेखि भालुलाई गो;ली हान्न अनुमति दिइएको जनाइएको छ । 

पछिल्लो समयमा बढ्दो घातक भालु आक्रम;णलाई कम गरी जनताको सुरक्षा गर्न जापानको कडा हातहतियार सम्बन्धि कानुन संशोधन गरी प्रहरीलाई भालु विरुद्ध गो;ली हान्न अनुमती दिएको बताइएको छ । अप्रिल देखि देशभर जनावरको आक्रम;णद्वारा १३ जनाको मृ;त्यु भएको जनाइएको छ ।

लगभग दिनहुँ जसो भालु घरभित्र प्रवेश गर्ने, विद्यालय नजिकै घुम्ने र सुपरमार्केटमा तोड;फोड गर्ने घटनाहरू रिपोर्ट गरिएको छ । सरकारले आक्र;मणमा भएको वृद्धिलाई सामना गर्न खोजिरहेको छ, भने वैज्ञानिकहरूले घट्दो मानव जनसङ्ख्या, द्रुत गतिमा बढिरहेको भा;लुको सङ्ख्या लगायतका कारणले आक्र;मण बढी रहेको बताएका छन् ।

अधिकांश आक्र;मण भएका अकिता र इवाटेका उत्तरी क्षेत्रमा बिहीबार एक समारोह आयोजना गरी प्रहरीलाई जनधनको सुरक्षाका लागि भालुलाई गो;ली हान्न राइफल लगायतका हतियार प्रयोग गर्न अनुमति दिएको हो । गत हप्ताको घोषणापछि हातहतियार सम्बन्धि नियममा परिवर्तन गरी बिहीबार देखि लागु भएको स्थानीय अधिकारीलाई उदृत गरी एएफपीले जनाएको छ ।   

टोकियो स्थित अमेरिकी दूतावासले बुधबार आफ्नो वेबसाइटमा चेतावनी जारी गर्दै मानिसलाई भालु देखिएका क्षेत्रमा एक्लै नहिँड्न र आक्र;मणबाट जोगिन पूर्णरूपमा भालुबाट टाढा रहन चेतावनी दिएको छ । बेलायती सरकारले पनि यात्रुलाई भा;लु देखिएका क्षेत्रमा एक्लै नहिँड्न र आक्रम;णबाट जोगिन आग्रह गरेको छ ।

पछिल्लो समयमा जापानमा नियमितरूपमा भा;लुको आक्र;मण भएका छन् । इवाटे प्रान्तको इवाटे हानामाकी एयरपोर्टको वरपर बुधबार, एउटा भालुको बच्चा देखा परेपछि रनवे करिब एक घण्टाका लागि बन्द हुँदा दुई वटा घरेलु उडान ढिलाइ भएको स्थानीय अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ । जापानले पनि गत हप्तादेखि अकिता क्षेत्रमा सैनिक तैनाथ गर्न थालेको छ, यद्यपि सैनिकलाई भालुको सिकार गर्ने अनुमती भने दिएको छैन ।