Listen
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली

दमौलीको आन्तरिक राजस्व कार्यालयद्वारा चार अर्ब राजस्व सङ्कलन

सुरेश सुनार

२ फाल्गुन २०७८, सोमबार

394
Share

आन्तरिक राजस्व कार्यालयले चालू आर्थिक वर्षको छ महिनाको अवधिमा रु चार अर्बभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि पुस मसान्तसम्म रु चार अर्ब २५ करोड तीन लाख राजस्व सङ्कलन गरेको हो । कार्यालयले उक्त अवधिमा रु चार अर्ब एक करोड ५१ लाख ४६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा लक्ष्यभन्दा रु २३ करोड ५१ लाख ५७ हजार बढी सङ्कलन भएको कर अधिकृत युक्तप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार छ महिनामा लक्ष्यको एक सय पाँच प्रतिशत बढी राजस्व सङ्कलन भएको छ । कार्यालयका अनुसार अन्तःशुल्कतर्फ रु दुई अर्ब ७९ करोड ९९ लाख, स्वास्थ्य सेवातर्फ रु ८९ करोड ६८ लाख २० हजार, आयकरतर्फ रु ३२ करोड १३ लाख ४३ हजार, भ्याटतर्फ रु १९ करोड ७२ लाख ८० हजार, व्याजकरतर्फ रु दुई करोड ७७ लाख ९३ हजार, घरबहाल करतर्फ रु ७१ लाख १६ हजार र शिक्षा सेवा शुल्कतर्फ रु पाँच हजार सङ्कलन भएको छ । गत आव २०७७÷७८ को छ महिनामा कार्यालयले रु तीन तीन अर्ब ५५ करोड ५२ लाख ९५ हजार राजस्व सङ्कलन गरेको थियो ।

गत आवको तुलनामा चालू आवको छ महिनामा रु ६९ करोड पाँच लाख आठ हजार बढी राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । पुस महिनामा मात्रै कार्यालयले रु एक अर्र्ब नौ करोड ४७ लाख चार हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा रु एक अर्ब २७ करोड ५३ लाख पाँच हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले तनहुँसहित लमजुङ, गोरखा र मनाङको असुली गणना, लेखा परीक्षण र अनुसन्धानको काम गर्दै आएको छ । यद्यपि गत वर्षदेखि गोरखा र लमजुङमा करदाता सेवा कार्यालय स्थापना भएको छ । मनाङका करदाताले लमजुङबाट कर तिर्नसक्ने व्यवस्था मिलाइएको छ । उक्त दुई जिल्लामा करदाता सेवा कार्यालय नहुँदा त्यहाँका करदाताले पनि दमौलीमै आएर कर तिर्नुपर्ने बाध्यता थियो । कार्यालयले करको दायरामा नआएका करदातालाई करको दायरामा ल्याउन करदाता शिक्षा कार्यक्रम, करदातासँग अन्तक्र्रिया कार्यक्रम गर्दै आएको छ । उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्सको सहकार्यमा त्यो काम हुँदै आएको बताइएको छ ।रासस

 

प्रतिक्रिया छोड्नुस

छुटाउनुभयो कि ?

नेपाल रुबेला–मुक्त देश घोषित, नेपालीका लागि गर्वको विषय हो : स्वास्थ्यमन्त्री पौडेल

‘तिजलाई मौलिक र परम्परागत संस्कृतिका रूपमा मनाउनुपर्छ’

जहाँ द्वन्द्व छ त्यहाँ समाधान पनि छ : गृहमन्त्री लेखक

नेपाल र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता, धार्मिक सांस्कृतिक पर्यटन प्रवर्द्धनबारे छलफल

सरकारको खर्चभन्दा आम्दानी दोब्बर

लिसाको नतिजा आज सार्वजानिक गरिने, एलजिपिएस शुभारम्भ गरिने

advertise with tanahun taranga news

सम्पर्क ठेगाना

तनहुँ तरङ्ग मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नं: ३९४६-२०७९/८०

सम्पर्क

9807257785 / 9842268720

इमेल

tanahuntaranga@gmail.com

प्रकाशक/ प्रधान सम्पादक

सुरेश सुनार

सम्पादक

किरन नेपाली

समचारदाता

मनिता पन्थ

प्राविधिक प्रमुख

दिपिन बिश्वकर्मा

सल्लाहकार

सन्त बहादुर नेपाली

सल्लाहकार

बिनोद कुमार बि.क

सल्लाहकार

लाएन्स किङ्ग टंकु

हामीलाई फलो गर्नुस्

TanahunTarangaNews
newstanahun
TanahunTarangaTv

आदिकवि भानुभक्त क्याम्पसका प्रशिक्षार्थीहरु

बिशाल रुचाल
युबराज डौलिया
धन बहादुर आले

© Tanahun Taranga Media Pvt. Ltd. - 2025 All rights reserved.

Made in Damauli

Designed & Developed By : Dipin Bishwakarma

Hosted on : NestNepal