शनिबार र आइतबार दुई दिनसम्म परेको अविरल वर्षाका कारण अहिलेसम्म ३९ जनाको ज्या;न गइसकेको सशस्त्र प्रहरीको तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार ११ जना बेपत्ता र १३ जना घाइ;ते भएका छन् । 

सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार कोशीमा सबैभन्दा बढी ३६ जनाको ज्यान गएको छ । जसमध्ये इलाममा २७ जनाको ज्यान गएको छ । ५ जना बेप;त्ता छन् । उदयपुरमा २ जनाको ज्या;न गएको छ । एक जना घाइ;ते भएका छन् । त्यस्तै, खोटाङमा एक जनाको ज्या;न गएको छ । ३ जना घाइ;ते भएका छन् । पाँचथरमा ६ जनाको ज्या;न गएको छ । ६ जना घाइ;ते भएका छन् । 

सोहीअनुसार मधेशको रौतहटमा ३ जनाको ज्या;न गएको छ । बारामा एक जना बेप;त्ता भएका छन् । त्यस्तै, बागमतीको रसुवामा ४ जना बेप;त्ता भएका छन् । त्यस्तै काठमाडौेंमा एक जना बेप;त्ता भएका छन्, मकवानपुरमा १ जना घाइ;ते भएका छन् । पानी पर्ने क्रम जारी रहेकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।