काठमाडौँ । आज नवरात्रीको चौथो दिन । देवी कुष्माण्डाको पूजा आराधना गरिँदैछ । जमरा घरमा शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना गर्ने गरिन्छ । 

साथै काठमाडौँ उपत्यकाका विभिन्न शक्ति पीठहरुमा भक्तजनको भीड रहेको छ । पशुपतिनाथ मन्दिर परिसरमा रहेको देवी मन्दिरमा पनि भक्तजनहरू गएर पूजा गरिरहेका छन् । 

विधिवत् रूपमा दसैँ सुरु भएको आज चौथो दिन भइसकेको छ । यस वर्ष असोजको १६ गते दसैँको टीका रहेको छ ।