गत वैशाखदेखि हालसम्म देशभर कूल तीन हजार ६८१ विपद्का घट;ना भएका छन् । यसबाट छ हजार ५९० घर परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
सो अवधिमा विपद्मा परेर २४३ जनाको ज्या;न गएको छ भने ८६९ जना घा;इते भएका छन् । यस्तै, २४ जना बे;पत्ता भएका छन् । प्राधिकरणका अनुसार छ महिनाको अवधिमा सबैभन्दा बढी आगलागीमा घट;ना भएका छन् । एक हजार २९५ वटा आग;लागीका घट;ना हुँदा २३ जानको मृ;त्यु भएको छ भने एक सय ७७ जना घाइ;ते भएका छन् । आगलागीमा परेर एक हजार ४११ घरपरिवार प्रभावित भएका छन् ।
बाढीको २६३ घट;ना हुँदा २९ को मृ;त्यु भएको छ । बाढी;मा परेर २३ बेपत्ता, १४ घा;इते हुँदा एक हजार ८६१ परिवार प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ । यस्तै, ४६३ वटा पहिरोका घट;ना यसबिचमा भएका छन् । पहिरोमा परेर २४ जनाको मृ;त्यु भएको छ भने ४१ घाइ;ते भएका छन् ।
यसैगरी भारी वर्षाका मात्रै ३४० घटना यसबिचमा भएका छन् । त्यसमा परेर छ जनाको ज्यान जाँदा १४ घा;इते भएका छन् भने ८११ परिवार प्रभावित भएका छन् ।
सो अवधिमा २९० वटा चट्याङका घट;ना दर्ता भएका छन् । चट्याङमा परेर ३८ जनाको ज्या;न गएको छ भने २१२ जना घा;इते भएका छन् । यस्तै, ३५१ परिवार प्रभावित भएका छन् ।सर्पदंशका ३०४ घट;ना भएका छन् । सर्पको डसाईबाट ७७ जनाको ज्या;न गएको भने २३३ जना घाइ;ते भएका छन् ।
प्राधिकरणका अनुसार, वन डढेलोका १८५ घटनामा परेर दुई जना घाइ;ते भएका छन् भने २७ परिवार प्रभावित भएका छन् । त्यस्तै, हावाहुरीमा २८४ घटना हुँदा आठ जनाको निधन भएको छ भने ४४ घाइ;ते भएका छन् । हावाहुरीमा परेर ५४१ परिवार प्रभावित भएका छन् ।
जनावर आक्रम;णका २१७ घटना घट्दा २० जानको निध;न भएको छ । यस्तै, ८८ जना घा;इते हुँदा ३६६ परिवार प्रभावित भएका छन् । विपद;बाट जोगिन पूर्वसावधानी, सचेतना अभियान सञ्चालन गरिएको, पूर्व सूचना प्रणालीलाई थप व्यवस्थित बनाइएको प्राधिकरणले जनाएको छ ।
