सरकारले यही असोज १ गते शोक बिदा दिने भएको छ । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्मानमा सरकारले शोक बिदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गरेको उनले बताए । शुक्रबार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले शोक बिदा दिने निर्णयसँगै न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको गृहमन्त्री अर्यालले बताए ।
