आँबुखैरेनी गाउँपालिकाले हाटबजारको क्षेत्र बिस्तार गर्ने भएको छ । प्रत्येक हप्ताको शुक्रबार हाटबजार सन्चालन गर्दै आएको आबुँखैरेनीले कृषक र उपभोक्ताको मागलाई मध्यनजर गरि भदौ ३० गते देखी प्रत्येक सोमबार वडा नम्बर २ को श्री शिद्धि गणेश टोल स्थित बसपार्क क्षेत्रमा हाटबजार सञ्चालन गर्ने भएको हो ।

स्वदेशी उत्पादनलाई थप प्रवद्र्धन गर्नका साथै कृषि उपजको बजारीकरणका लागि हाटबजारको दायरालाई फराकिलो बनाउने उद्देश्यले नयाँ स्थानमा हाटबजार सन्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।उक्त हाटबजारको भदौ ३० गते उद्घाटन गरिने भएको छ । उक्त हाटबजारमा कृषि उद्यमि/लघु उद्यमी/व्यवसायि/कृषक समुह/सहकारीहरुलाई देशैभरि उत्पादित स्वदेशी उत्पादन सहज रुपमा बिक्री गर्नका लागि तथा स्टल सम्बन्धी व्यवस्थाका लागि आँबुखैरेनी गाउँपालिकाले अनुरोध गरेको छ ।