तनहुँको ऋषिङ्ग गाउँपालिका प्रथम कोदो दिवस मनाइएको छ । ऋषिङ्ग भित्रका विभिन्न वडाहरूमा कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधारू भन्ने मूल नाराका साथ प्रथम कोदो दिवस भव्यताका साथ मनाइएको हो ।
यस अवसरमा कोदोको महत्त्व, यसका पौष्टिक तत्त्व र स्वास्थ्यका लागि हुने फाइदाहरूबारे जानकारी दिइएको थियो ।
कार्यकममा कोदोलाई आफ्नो दैनिक भोजनमा समावेश गरी स्वस्थ जीवन अपनाउन र खाद्य सुरक्षालाई बलियो बनाउन सबैमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अनिल अंगाइले आह्वान गर्नुभयो ।


