व्यास नगरपालिका–१ विज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसमा संन्चालक समितिको निर्वाचन भइरहेको छ । निर्वाचन आज १०ः३० देखि ५ बजेसम्म हुने निर्वाचन समितिले जानकारी दिएको छ । अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ । निर्वाचन भने निकै रोचक हुने देखिएको छ । रोचक यो अर्थमा छ कि अध्यक्षका प्रत्यासी उम्मेदवारमा नेपाली कांग्रेसका दुई जनाले उम्मेदवारी दिएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका एक जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारहरु केशबहादुर सुनार,कमलामोहन वाग्ले,चुडामणि दाहाल रहेका छन् । केशबहादुर सुनार र कमलामोहन वाग्ले नेपाली कांग्रेसका हुन् भने चुडामणि दाहाल रास्वपाका हुन्।

कांग्रेस कांग्रेस बिचको भिडन्तमा कांग्रेसको भोट कांग्रेसले नै काट्ने र बैकल्पिक बिकल्पको रुपमा आएको रास्वपाले बाजीमार्ने सम्भावना रहेको आकलन गरिएको छ । एउटै घरका दुई दाजुभाई बिचको भीडन्त हुदा छिकेमीलाई दाउ पर्नसक्ने सम्भाबना रहेको रास्वापाका केहि सर्मथकहरुले गरेका छन् , तर तीनै जना उम्मेदवारले आफ्नो पक्षमा जीत सुनिश्चित हुनेमा दाबी गरेपनी कस्ले जित्ला त्यो भने हेर्न बाकिँ नै छ ।

के को भए त सर्बसम्बत ?

आदिकवि भानुभक्त क्याम्पसको १२ औं संञ्चालक समितिको अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेकाले हाल निर्वाचन भईरहेको छ । उम्मेदवारहरु केशबहादुर सुनार,कमलामोहन वाग्ले,चुडामणि दाहाल रहेका छन् ।

खुल्ला सदस्यमा १२ जनाको उम्मेदवारी पर्नुेमा १८ जनाको उम्मेदवारी परेकाले हाल विर्वाचन भईरहेको छ । उम्मेदवारहरुमा संगिता घिमिरे , शिवहरी धिताल , सुरेन्द्र पौडेल , भाग्यशाली ढुंगाना,रामकृष्ण वि क, विवेक भट्टराई ,पदम राज सुवेदी , सोमराज सिग्देल,प्रा डा ईश्वर चन्द्र वाग्ले , भरत प्रसाद पन्थ , सुनिल मिश्र, रामजी प्रसाद तिमल्सेना,गजेन्द्र राज पन्थ, गोपाल सुर्खाली,मोहन गिरी, निर्मल पण्डित,ईश्वर बहादुर बिष्ट,श्रीराम कार्की रहेका छन् ।

महिला सदस्यहरुमा ३ जनाको उम्मेदवारी परेको थियो । सिर्जना तिवारी, शोभा बढु अधिकारी र बिणा कैनी निर्विरोध निर्वाचित भएका छन् ।

दलित सदस्यमा अर्जुन सुनार सर्बसम्बत चयन भएका छन् ।

जाग्गादाता अल्पसंख्यक मा एक जनाको उम्मेदवारी परेको थियो । ठाकुर बहादुर दरै सर्बसम्बत निर्वाचित भएका छन् ।

जनजाती सदस्यमा क्या सोम बहादुर थापा र चिज बहादुर दरै रहेका छन् ।

अभिभावक सदस्यहरुमा कृष्ण कहादुर रुचाल र रामराज अधिकारी सर्बसम्बत चयन भएका छन् ।

पुस्तकालय समितिमा कुल बहादुर थापा ,बुद्धिसागर साखी ,महेन्द्र गिरी र अम्विका अधिकारी सर्बसम्बत चयन भएका हुन् ।
त्यस्तै आन्तरीक लेखा परिक्षणमा ऋषिराम ढुंगाना, प्रेम बहादुर राउत र सरु कुमाल निर्वाचित भएका छन् ।