तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्वर ८ मा बसोबास गर्ने अब्यवस्थित बसोबासीले सरकारले आफुहरुलाई दिन लागेको लालपुर्जा वितवरण कार्यलाई प्राथमिकतामा दिन स्थानीय सरकारलाई आग्रह गरेका छन्  । 


शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितलाई ध्यानाकर्षण गराउदै वडा नम्वर ८ का अधिकाँश टोल विकास समितिका अध्यक्षहरुले भूमि आयोग तनहुँले थालेको काममा अलमल नगर्न र आवश्यक सहयोग गरेर छिटो जग्गाको लालपुर्जा उपलब्ध गराउन आग्रह गरेका हुन् । 


उनीहरुले आफुहरुले हक भोग गर्दै आएको जमिनको प्रमाण नहुदाँ विभिन्न सामाजिक तथा मानसिक समस्यामा पर्दै आएको उल्लेख गरेका छन् । आफ्नो जमिन हुदाँ समेत लालपुर्जाकै अभावमा आर्थिक क्रियाकलाप गर्न नसकेको जनाउदै भूमी आयोगले स्थलगत रुपमा नापजाँचको काम गर्दै गर्दा देखिएको समस्या तत्काल समाधान गरि सहजीकरण गर्न ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।