म्याग्दे गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि घुम्ती शिविर सन्चालन गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ मा स्वीकृत भएको कार्यक्रम अनुसार अध्यक्ष र उपाध्यक्षसँग जनता कार्यक्रम अन्र्तगत वडाले तय गरेको ग्रामीण स्थान वा आवश्यक स्थानमा मात्र सञ्चालन गर्ने गरी एकिकृत घुम्ती शिविर सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए । भदौ १६ गतेबाट सन्चालन हुने उक्त एकिकृत घुम्ती शिविरमा सहभागी भई सेवा लिनुहुन सरोकार सवैलार्ई गाउँपालिकाले अनुरोध गरेको छ ।
शिविर वडा नम्बर १ मा भदौ १६ र १७ गते, वडा नम्बर २ मा भदौ १८ र १९ गते, वडा नम्बर ३ मा भदौ २२ र २३ गते, वडा नम्बर ४ मा भदौ २४ र २५ गते हुने छ । यसैगरि वडा नम्बर ५ मा भदौ २६ र २७ गते, वडा नम्बर ६ मा भदौ २९ र ३० गते तथा वडा नम्बर ७ मा भदौ ३१ र असोज १ गते प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।
सम्बन्धित वडाले तोकेको ग्रामिण इलाकाहरुमा बढिमा ४ स्थानमा हुने शिविरमा वडा तहवाट घट्ना दर्ता, राजश्व संकलन, विभिन्न सिफारिसहरु हुनेछ । यसैगरि स्वास्थ्य र आयुर्वेद शाखावाट सवै प्रकारका स्वास्थ्य परिक्षण, औषधि वितरण, पशु र कृषि उपशाखा वाट विभिन्न शाखागत सेवाहरु, विभिन्न परिक्षण, विउविजन वितरण हुनेछ ।
यसैगरि उद्यम विकास शाखावाट व्यवसाय दर्ता तथा नविकरण, महिला वालवालिका उपशाखावाट विभिन्न परिचय पत्र वितरण र अन्य सरोकार शाखावाट विभिन्न सेवा सरोकार तथ्याङ्क संकलन, अनुगमन, गुनासो सुनुवाई छलफल हुने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए ।