बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत व्यावसायिक र सीपमूलक तालिम सञ्चालन गर्न इच्छुक व्यक्तिहरूबाट माग संकलन सुरु गरेको छ।
गाउँपालिकाले विभिन्न शाखाहरूको आवश्यकता, श्रम बजारको माग, रोजगारीमा पदस्थापन र स्वरोजगार सिर्जना हुने खालका तालिम छनोट गरी फारम भर्न आग्रह गरेको हो। इच्छुक व्यक्तिले सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र फारम बुझाउनुपर्नेछ।
फारम भर्नका लागि नेपाली नागरिकताको प्रमाणपत्र, उमेर १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, हालसालै खिचिएको एक प्रति फोटो सहित बन्दीपुर गाउँपालिकाको स्थायी बासिन्दा हुनुपर्ने बन्दीपुर गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख छ।