तनहुँ सौन्दर्य व्यवसायी संघ नेपालको आयोजनामा तिजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन भएको छ । संघकी अध्यक्ष बिष्णु थापाको अध्यक्षतामा सो कार्यक्रम सम्पन भएको हो ।
कार्यक्रममा व्यास नगरपालिका उपप्रमुख इन्दिरा दरैले महिलाहरुको विशेष चार्ड भएता पनि आफ्नो क्षमता अनुसार मनाउनुपर्ने बताउनुभयो ।
संघकी संस्थापक अध्यक्ष शकुन्तला आलेले महिलाहरुको वर्षमा एकचोटि आउने विशेष दिन भएकाले परम्परा र संस्कृति जोगाउन कार्यक्रम गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा समाजसेवी सवित्री श्रेष्ठ ,पुर्व अध्यक्ष धन माया पौडेल ,निर्वतमान अध्यक्ष मन्जु प्रिया, महिला उद्यमी संघ तनहुँकी अध्यक्ष निर्मला मल्ल,लगाएतले तिजको शुभकामना दिनुभएको थियो ।
साथै कार्यक्रममा महिला उद्यमी संघ तनहुँकी अध्यक्ष निर्मला मल्ललाई सम्मान समेत गरिएको थियो भने संस्थामा नयाँ सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।