महिला उद्यमी महासंघ नेपालको गण्डकी प्रदेश कमिटी गठन भएको छ। सोमबार पोखरामा एक कार्यक्रम गरी प्रदेश कमिटी गठन गरेको हो । अध्यक्षमा कास्की पार्वती पौडेल रेग्मी , उपाध्यक्षमा निर्मला मल्ल चयन हुनुभएको हो । सचिवमा रिता रेग्मी अर्याल (गोरखा) र कोषाध्यक्षमा खगिसरा लामिछाने पुनम (नवलपुर) चयन भएका छन् । कार्यसमितिको सदस्यहरुमा चन्द्रकला राना (स्याङजा), शारदा बराल (कास्की), भिमा कोइराला (पर्वत), विनिता अधिकारी (लमजुङ) र सुकुन रसाइली (मुस्ताङ) बाट चयन हुनुभएको हो ।
उहाँहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
मल्ल महिला उद्यमी संघ नेपाल, तनहुँकी अध्यक्ष , इनह्लिल क्लव अफ दमौलीकी पुर्व अध्यक्ष समेत हुनुहुन्छ। उहाँ विभिन्न समाजिक कार्यमा समेत निकै अग्रसर रहनुभएको छ ।
