तनहुँको बन्दीपुर केवलकारको बटम स्टेशनमा खुल्ला तीज गीत प्रतियोगिता हुने भएको छ । भदौ ६ गतेदेखि १० गतेसम्म सो खुल्ला तीज गीत प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा प्रथम पुरस्कार रु १ लाख ११ हजार १सय ११रुपयाँ ,द्वितीय पुरस्कार रु ५५ हजार ५ सय ५५,तृतीय पुरस्कार २५ हजार ५ सय ५५ र सान्त्वना ११ हजार १ सय ११ तथा प्रमाणपत्र रहेको बन्दीपुरहिलका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार टिम दर्ता शुल्क रु २ हजार रहेको छ भने टिम दता भदौ ५ गते भित्र गरिसक्नुपर्ने व्यवस्था रहेको छ।
प्रतियोगिताको लागि मुख्य प्रायोजक बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड,सहप्रायोजकमा नेको इन्स्युरेन्स लिमिटेड र सहयोगीमा बाह्रसिंह्रे,चन्द्र निर्माण सेवा,डिजाइन स्टेशन,मुस्ताड प्लाजा,ड्राइभ इन,घुमाउने घर र आदियोगी प्रन्जनधाम रहेका छन् ।