व्यास १ स्थित आदिकवि भानुभक्त क्याम्पसमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षय छात्रवृत्ति कोषको स्थापना गरिएको छ। व्यास ३, परासर टोल, निवासी निर्मल माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक कृष्णराज वाग्लेद्वारा स्थापना गरिएको हो । छात्रवृत्ति कोषलाई दण्डपाणी,जाम्ववती वाग्ले स्मृति अक्षय कोषु नामाकरण गरिएको छ । आदिकवि भन्नुभक्त क्याम्पसको नेपाली विभागका प्रमुख डा सुशीलप्रसाद वाग्लेको पिता समेत हुनुहुन्छ।
बुधवार विहान कोषको संस्थापक वाग्ले र उहाँका सुपुत्र डा सुशीलप्रसाद वाग्लेले क्याम्पस प्रमुखको कार्यकक्षमा उपस्थित भई नविल बैंकको क्याम्पस साताभित्र रहेको उपशाखामा रहेको क्याम्पसको अक्षय कोष खातामा १ लाख ११ हजार १ सय ११ रुपैयाँ रकम दाखिला गरेको बैंक भौचर क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलाई हस्तान्तरण गर्नुभएको थियो।
उक्त छात्रवृत्ति कोषको वार्षिक ब्याजबाट हुन आउने रकमबाट आदिकवि भानुभक्त क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने जेहेन्दार र विपन्न वर्गका विद्यार्थीहरूलाई अध्ययनमा सहयोग गरी मुलुकभित्रै स्वरोजगार अथवा रोजगार गरेर देशको सेवा गरून भन्ने अभिप्रायले उक्त छात्रवृत्ति कोषको स्थापना गरिएको छात्रवृत्ति कोषका संस्थापक वाग्लेले बताउनुभएको छ।