महिला उद्यमी संघ नेपाल,तनहुँको आयोजनामा तिजको शुभकामना एवम् एक दिवसीय महिला उद्यमीहरुद्धारा उत्पादित वस्तुहरुको प्रदर्शन मेला सम्पन्न भएको छ ।बुधबार दमौलीमा एक कार्यक्रमका बिच सम्पन्न भएको हो ।उक्त कार्यक्रम संघकी अध्यक्ष निर्मला मल्लको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम महिलाहरुले उत्पादित रोटी, झोला, फुल ,गरगहना लगाएत विभिन्न वस्तुहरु प्रर्दशन गरिएको थियो ।

सो अवसरमा बोल्दै व्यास नगरपालिका उपप्रमुख इन्दिरा दरैले महिलाहरूले उत्पादन गरेका सामाग्री प्रर्दशन एवं प्रवद्वन गर्न यस्तो कार्यक्रमहरू गर्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा व्यास २ का वडा अध्यक्ष काशीराम श्रेष्ठ,व्यास ४ का वडा अध्यक्ष मीन बहादुर गुरूङ,व्यास ९ का वडा अध्यक्ष सुरेश थापा , तनहुँ सौन्दर्य व्यवसायी संघकि संस्थापक अध्यक्ष सकुन्तला आले, मादीसेति बचत तथा ऋण सहकारी संस्थाकि अध्यक्ष शुशिला शर्मा ,रोटरी क्लव अफ दमौली अध्यक्ष विणा कैन्लिगाएतले तिजको शुभकामना दिनुका साथै हराउँदै गएको नेपाली कला संस्कृति बचाउनको लागि पनि यस्तो कार्यक्रम आवश्यक रहेको बताउनुभएको थियो ।

कार्यक्रममा विभिन्न संस्था अध्यक्ष एंव प्रतिनिधीहरूको उल्लेखनीय उपस्थित रहेको थियो ।

उक्त कार्यक्रममा स्वागत संघकी उपाध्यक्ष तुलसी शाहाले गर्नुभएको थियो भने कार्यक्रम संञ्चालन सचिव सरू श्रेष्ठले गर्नुभएको थियो ।