ब्यास ६ सिसाघाट स्थित महेन्द्र ज्योती माबिका बौद्धिक अपाङ्गता भएका बिद्यार्थीहरुलार्इ मिष्ठान भोजन तथा शैक्षिक सामग्री बितरण गरिएको छ।विद्यालयमा सोमबार एक कार्यक्रमका बिच उक्त कार्यक्रम सम्पन भएको हो।
सो अवसरमा बोल्दै बिद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष बिनोद प्रसाद छिमालले बौद्धिक अपाङ्गता स्रोत कक्षा स्तर उन्नति भएको आफ्नो पदेन जिम्मेवारी पछि बिद्यालयका परिवर्तन लहर आएको बताउनुभयो ।उहाँले आफ्नो खरो स्वभावमा उत्रने बानी पेशामुखी तन्त्रबाट नहेरी सेवा भाब लाई जोड दिदै बिधालयमा कार्यरत आयाको भुमिका आमा सरह हुने हुदा ब्यास नगरपालिकाले तालिमको ब्यवस्था गर्न सके थप सुधार आउने बताउनुभयो ।
बिद्यालयका प्र अ हरिराज काफ्लेले बिधालयमा स्रोत कक्षा सञ्चालन भए लगतै पहिले कार्यरत स्रोत शिक्षक बुद्धि सागर सुवेदी निबृत पेन्सन भैइ गएपछि बिद्यालयमा स्रोत शिक्षक बिहिन अवस्था रहेको बताउनुभयो । हाल बिद्यालय ब्यवस्थापन समितीको निर्णय बमोजिम शिक्षक बुद्धि कुमार बि।क र शिव प्रसाद ढुङ्गानालाइ जिम्मेवारी प्रदान गरिएको बताए आफू स्वयं पनि बिद्यार्थीहरु सग रम्नभिज्नको लागि पढाउने गरेको बताउनुभयो।

शिक्षक बुद्धि कुमार बिकले १ बर्ष देखि बौद्धिक अपाङ्गता भएका बालबालिकाको शिक्षा, आवास,खानपानमा सुधार आएको बताउनुभयो। उहाँले ब्यास नगरपालिकाका नगर शिक्षा अधिकारी केदार राज आचार्यको सहकार्यमा कुनै कन्जुस्याइँ नगरी पालिका कै सिमित अनुदान मार्फत प्रयाप्त मात्रामा शिक्षा,आहार, आवास जस्ता क्षेत्रमा प्राप्त अनुदान मार्फत स्रोत कक्षा ब्यवस्थापन गरिएको बि।क ले बताउनुभयो।

शिक्षक सुर्य प्रसाद छिमालले स्रोत कक्षामा अध्ययनरत बालवालिकाको बिशेषता पहिचान गरि समाजमा जिम्मेवार,उत्पादक तथा स्विकारयोग्य नागरिक बनाउन प्रयत्न गर्नुपर्ने बताउनुभयो।

शिक्षक शिवप्रसाद ढुङ्गानाले पहिले बिधालयको छानो चुहिने समस्या थियो हाल आर सिसि पक्की भवनमा स्थान्तरण भएका छौ। बिद्यार्थीहरुको अघिलो दिन पढाएको भोलीपल्ट नै बिर्सने समस्या भएको बताउनुभयो।

रिसेडका माहासचिव किशोर न्यौपानेले पहिलाको बिधालय र अहिलेको बिद्यालयमा आएको परिवर्तन तथा सुधारका बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।

बौद्धिक अपाङ्गता स्रोत कक्षामा भरतपुर निवासी हाल अमेरिका बस्ने दिपक रानाभाट को छोरा इलोनको ५ बर्षको जन्मोत्सवको अवसरमा बिधालयमा मिष्ठान्न भोजन तथा शैक्षिक सामग्री बितरण गरिएको अपाङ्गता नेतृ संगिता शर्माले जनाकारी दिनुभएको थियो भने लेखाजोखा संयोजक ईश्वर बास्तोलाको संयोजकत्वमा सो कार्यक्रम सम्पन भएको थियो ।