तनहुको आँबुखैरेनी गाउँपालिका–३ पिप्लेका दलित पुराहित शुकदेव विश्वकर्मालाई शनिबार जातीय विभेद गरिएको छ । जनै पूर्णीमाको दिन विहान जनै मन्तर्न गएका विश्वकर्मालाई आँबुखैरेनी गाउँपालिका ३ मिलनटोल स्थित स्थानीय ५५ बर्षीया प्रभा अधिकारीले जातीय विभेद गरेका हुन् ।दलित समुदायका मानिसको जनै मन्तरेको कारण समाजका अन्य पुरोहितले विरोध गरेको भन्दै जातीय विभेद गरिएको दलित पुरोहित विश्वकर्माले बताउनुभयो । अधिकारीको घरको आँगनमा शिव लिङ्ग खडा गरेर जनै मन्र्तर्ने काम गरिएको थियो । गत दुई बर्ष पनि उक्त स्थानमै गएर आफूले जनै मन्तर्दा कसैले विरोध नगरेपनि यस पटक अधिकारीद्वारा जातीय विभेद सहित आगामी बर्ष नआउन समेत भनिएको विश्वकर्माको भनाई छ ।

जनै मन्तर्नको लागि फूलप्रसाद, चामल र भेटी सहितका पूजा सामग्री दिएर पूजा गरिएको स्थान बाहिर बसी रहेको थिएँ,’ दलित पुरोहित विश्वकर्माले भन्नुभयो, ‘दलित समुदायको पुरोहितको जनै मन्तर्दा समाजबाट विरोध भएको छ भन्दै मलाई अधिकारीले तत्कालै जनै सहितका पूजा सामग्री लिएर जान भन्नुभयो । तपाई किन आउनुभएको यहाँ हाम्रो समाजले बिरोध गरेका छन् नआएको भएको हुनि,तपाईको सामान कहाँ लगेर मन्र्तर्ने हो मन्तरर्नु भनेपछि म यहाँबाट सामान लादै लैजान भने उहाँले भन्नुभयो,यस अघि दुई बर्ष केही नहुने यसबर्ष के भएको यस्तो म पत्रकार बोलाउँछु, तपाई बाहेक अरु कोही बिरोध गर्ने हुनुहुन्छ अघि सर्नु म कुरा गर्छु भनेपछि हच्चिएको बिश्वकर्माले बताउनुभयो ।

मैले तत्कालै म पनि हिन्दु हुँ मेरो पनि धर्म हिन्दु हो भनेर प्रतिवाद गरेंपछि त्यहाँ रहेका केही बाहुन पुरोहित आफ्नो पक्षमा र केही अधिकारीको पक्षमा लागे ।’
पूजा स्थलमा रहेका करिव ५५ जना ब्राम्हण पुरोहितमध्ये केहीले दलित र आफूहरुको धर्म एउटै भएकोले जातीय विभेद गर्न नहुने तर्क गर्दा समेत अधिकारीले जातीय कारण देखाउँदै विरोध गरेको दलित पुरोहित विश्वकर्माको भनाई छ ।

विश्वकर्माले ५ जोर जनै र २ वटा रक्षाबन्धन लिएर जनै मन्तर्न जाँदा जातीय विभेद खेप्नु परेकोले कानुनी कारवाहीको लागि अघि बढ्ने बताउनुभयो । यस बिषयमा प्रभा अधिकारीका छोरा सुशिलसंग बुझ्दा जनै मन्र्तर्ने कार्य हामीले नै गरेको बताउनुभयो । समाजका केही मानिसले हाम्रो ठाउँमा अन्य जातिले ल्याएको जनै राख्न भएन भन्ने कुरा आएपछि आमाले सोही कुरा राख्दा दलित पुरोहित बिश्वकर्मालाई चित्त दुखेको हुन सक्ने बताए।