Listen
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली

दुम्सीचौरमा दुम्सीको मूर्ति

सुरेश सुनार

१ फाल्गुन २०७८, आईतवार

429
Share

व्यास नगरपालिका–१० स्थित दुम्सीचौरमा दुम्सीको आकर्षक मूर्ति निर्माण गरिएको छ । वडा कार्यालयको रु तीन लाख र स्थानीयवासीको सहभागितामा रु एक लाख २० हजारको लागतमा उक्त मूर्ति निर्माण गरिएको हो । बिदाका दिनमा करिब एक सयको हाराहारीमा आन्तरिक पर्यटक दुम्सीचौर आउने गरेका छन् । टिकटक,सेल्फी र फोटो खिच्न मानिस आउने गरेको मूर्ति निर्माण समितिका संयोजक किशोर गुरुङले जानकारी दिनुभयो । ओझेलमा पर्दै गएको दुम्सीचौरमा दुम्सीको मूर्ति निर्माण गरेकाले सो स्थलको पहिचान हुनाका साथै मानिसको चहलपहल बढ्दै गएको उहाँले बताउनुभयो । त्यसैगरी सोही वडाको परेवा डाँडामा परेवाको मूर्ति निर्माण गरेर राखिएको छ । वडाबाट बजेट विनियोजन गरिए पनि सोही स्थान नजिक विवेक सापकोटाले पिजनहिल रिर्सोट एण्ड फन पार्क निर्माण गरी सञ्चालन गर्न थालेपछि थाल्नाका साथै निजी लगानीमै परेवाको मूर्ति निर्माण गर्नुभएको हो ।

करिब रु पाँच लाखको लागतमा परेवाको मूर्ति निर्माण गरिएको छ । परेवा डाँडामा राखिएको परेवाको मूर्तिसँग फोटो खिच्न र टिकटक बनाउन आउने आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको बताइएको छ । वडाभित्र रहेका ऐतिहासिकस्थलको नाउँ नमेटिने गरी भोलिका सन्ततिलाई पनि स्मरण गराउनका ठाउँ अनुरुपको मूर्ति निर्माण गरिएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । आगामी दिनमा कुमालटारीमा कुमालेले माटोको घैँटो बनाएको मूर्ति र पाथ्राघाटमा माझीलेले ढुङ्गा चलाएको मूर्ति बनाउने योजना रहेको छ उहाँले बताउनुभयो । ऐतिहासिक सम्पदाको संरक्षण र सम्बद्र्धन गर्नका लागि वडाले प्राथामिकतामा राखेर काम गर्दै आएकोसमेत उहाँले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया छोड्नुस

छुटाउनुभयो कि ?

निर्वाचन प्रहरीको भर्ना खुल्यो

आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार

हर्क साम्पाङद्वारा सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा

एमाले तनहुँद्वारा १९ उम्मेदवार सिफारिस

राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

advertise with tanahun taranga news

सम्पर्क ठेगाना

तनहुँ तरङ्ग मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नं: ३९४६-२०७९/८०

सम्पर्क

9807257785 / 9842268720

इमेल

tanahuntaranga@gmail.com

प्रकाशक/ प्रधान सम्पादक

सुरेश सुनार

सम्पादक

किरन नेपाली

समचारदाता

मनिता पन्थ

प्राविधिक प्रमुख

दिपिन बिश्वकर्मा

सल्लाहकार

सन्त बहादुर नेपाली

सल्लाहकार

बिनोद कुमार बि.क

सल्लाहकार

लाएन्स किङ्ग टंकु

हामीलाई फलो गर्नुस्

TanahunTarangaNews
newstanahun
TanahunTarangaTv

© Tanahun Taranga Media Pvt. Ltd. - 2026 All rights reserved.

Made in Damauli

Designed & Developed By : Dipin Bishwakarma

Hosted on : NestNepal