रोटरी क्लब अफ दमौलीको २५औं पदस्थापना कार्यक्रम बुधबार दमौलीमा सम्पन्न भएको छ। पदस्थापनासँगै रोटरी क्लब अफ दमौलीकी वर्ष २०२५र२६ की अध्यक्ष विणा कैनीले पदभार ग्रहण गरेकी छिन्। वर्ष २०२४र२५ का अध्यक्ष जीवनकुमार श्रेष्ठले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी सम्पूर्ण जिम्मेवारी वर्ष २०२५र२६ की अध्यक्ष कैनीलाई हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा अध्यक्ष कैनीलाई प्रमुख अतिथि रोटरी डिष्ट्रिक्ट ३२९२ ९नेपाल(भुटान० का डिष्ट्रिक्ट गभर्नर बिनोद कोइरालाले कोलार लगाइदिएका थिए भने ग्याभल तथा ह्यामर निवर्तमान अध्यक्ष श्रेष्ठले र चार्टर सर्टिफिकेट संस्थापक अध्यक्ष रामचन्द्र पोख्रेलले हस्तान्तरण गरेका थिए।
अध्यक्ष कैनीलाई असिस्टेन्ट गभर्नर बाबुराम बरालले सपथ गराएका थिए भने अन्य पदाधिकारी तथा सदस्यहरूलाई अध्यक्ष कैनीले नै सपथ ग्रहण गराएकी थिइन्।
कार्यक्रममा बोल्दै डिष्ट्रिक्ट गभर्नर कोइरालाले रोटरीका गतिविधिहरूलाई समयानुकूल परिष्कृत गर्दै समाजमा दीर्घकालीन प्रभाव पार्न सक्ने ढंगले अघि बढ्नुपर्ने बताए। “रोटरीमा लाग्नु भनेको सेवा भावले प्रेरित भएर कम भाग्यमानीलाई सहयोग गर्न अग्रसर हुनु हो यसका लागि संस्थाप्रतिको लगाव र निष्ठा अपरिहार्य छ उनले भने।” साथै उनले क्लबलाई नयाँ र सिर्जनात्मक कामसहित डिष्ट्रिक्टका कार्यक्रमहरूमा पनि सक्रिय सहभागिता जनाउन अनुरोध गरे।
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले रोटरीले २५ वर्षको यात्रामा समाजमा ठूलो योगदान दिएको उल्लेख गरे। पहिलो पटक महिला नेतृत्व प्राप्त भएकोमा खुसी व्यक्त गर्दै उनले उत्कृष्ट कार्यसम्पादन गरेर उदाहरणीय बन्न आग्रह गरे।
सोही अवसरमा असिस्टेन्ट गभर्नर बरालले रोटरी क्लब अफ दमौलीले विगतदेखि गर्दै आएको कार्यको प्रशंसा गर्दै अबको नेतृत्वबाट अझ प्रभावकारी र रचनात्मक कार्यको अपेक्षा व्यक्त गरे। साथै, उनले रोटरीको वार्षिक थिमअनुसार काम गर्न सुझाव दिए।
त्यस्तै, संस्थापक अध्यक्ष रामचन्द्र पोख्रेलले क्लबले सन् २००० देखि दमौली क्षेत्रमा सामाजिक काम गर्दै आएको स्मरण गर्दै आजसम्म क्लबले समाजमा उल्लेखनीय भूमिका निभाएकोमा सन्तोष व्यक्त गरे। उनले क्लबको इतिहास स्मरण गराउँदै समाजमा अझ उत्कृष्ट छवि बनाउन आग्रह गरे।
निवर्तमान अध्यक्ष जीवनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरै, व्यास–२ का वडा अध्यक्ष काशीराम श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ मिश्र, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष धनपति अधिकारी, महिला उद्यमी संघ नेपाल तनहुँकी अध्यक्ष निर्मला मल्ल, इनरव्हील क्लब अफ दमौलीकी अध्यक्ष सिर्जना घिमिरे, लायन्स क्लब अफ तनहुँकी अध्यक्ष सरिता भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए।
पदभार ग्रहण गर्दै अध्यक्ष कैनीले प्रतिष्ठित संस्थाको नेतृत्व गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै, आफ्नो कार्यकालमा क्लबलाई अझ उत्कृष्ट र रचनात्मक कार्यद्वारा अघि बढाउने प्रतिबद्धता जनाइन्। साथै, क्लबको रजत जयन्ती वर्षलाई सबैसँग सहकार्य र समन्वय गरेर सफल बनाउने विश्वास व्यक्त गरिन्।
सोही अवसरमा निवर्तमान अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै, सामाजिक तथा रचनात्मक कार्यहरूको विवरण प्रस्तुत गरे र नयाँ नेतृत्वलाई शुभकामना दिए।
कार्यक्रममा व्यास–२ स्थित लामा फलफुल तथा जुस पसलका सञ्चालक जयबहादुर लामालाई “रोटरी व्यवसाय सेवा सम्मान” प्रदान गरिएको थियो। क्लबले हरेक वर्ष तनहुँका विभिन्न स्थानमा व्यवसायमा सक्रिय सफल व्यक्तित्वलाई सो सम्मान प्रदान गर्दै आएको छ। उक्त सम्मान कार्यक्रमका संयोजक हरिसिं गुरुङले जानकारी दिए।
त्यसैगरी, समारोहमा तीन जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरी सम्मान गरिएको थियो। छात्रवृत्ति प्राप्त गर्नेमा व्यास–१ स्थित निर्मल माध्यमिक विद्यालयकी छात्रा दिलमाया भुजेल, बाराही माध्यमिक विद्यालयकी छात्रा सुस्मिता कुमाल र छात्र प्रविण सुनार रहेका छन्।
कार्यक्रममा क्लबकी प्रेसिडेन्ट इलेक्ट नारायण मल्लले स्वागत मन्तव्य राखेका थिए भने उपाध्यक्ष योगिता कायस्थ श्रेष्ठले धन्यवाद ज्ञापन गरेकी थिइन्। कार्यक्रमको सञ्चालन क्लबका सचिव सुबास गौतमले गरेका थिए।
सोही अवसरमा रोटरी क्लब अफ दमौलीको नियमित प्रकाशन “रोटरी कोसेली” को विमोचन समेत गरिएको थियो।
