पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आबुँखैरेनी गाउँपालिका–२, ऐनापहरामा बस दुर्घटःना भएको छ। गोरखाबाट चितवनको नारायणगढ जाँदै गरेको बा २ ख १०७७ नम्बरको बस दुर्घःटना भएको हो। बस दुर्घःटना हुदाँ पाँच जना घाइःते भएका छन् । घाःइते मध्ये चार जनाको आबुँखैरेनी अस्पतालमा उपचार भईरहेको छ भने एक जनालाई भरतपुर रिफर गरिएको जिल्ला ट्रफिक कार्यलय तनहुँका प्रमुख कृष्ण बहादुर चन्दले जनाकारी दिनुभयो ।
बस दुर्घःटना भएको स्थानीयले जानकारी गराएपछि इलाका प्रहरी कार्यालय आँबुखैरेनी, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट उद्धार टोली परिचालन भएको र थप विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो ।
