देवघाट गाउँपालिकाको गाउँसभाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि ४७ करोड ७३ लाख ७५ हजारको बजेट पारित गरेको छ । १६ औं गाउँसभाको शुक्रबार बसेको अन्तिम बैठकले गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङद्वारा प्रस्तुत उक्त बजेट सर्वसम्मतीले पारित गरेको हो ।
देवघाटले कुल बजेट मध्ये चालु तर्फ ३७ करोड ८२ लाख १२ हजार र पुँजीगत तर्फ ९ करोड ९१ लाख ६३ हजार रुपैयाँ बिनियोजन गरेको छ ।

देवघाटले पुर्वाधारको लागि ९ करोड ८३ लाख, आर्थिक विकास तर्फ ८५ लाख ८० हजार, सामाजिक विकास तर्फ २ करोड ७७ लाख ३४ हजार, वन वातावरण तथा विपद व्यवस्थापन तर्फ २५ लाख, सुशासन तथा संस्थागत विकास तर्फ ९ करोड ७७ लाख ६१ हजार र संघ र प्रदेश शशर्त तर्फ २४ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

देवघाटले उक्त बजेट कार्यान्वयनकोलागि शिक्षा, स्वास्थ्य, पुर्वाधार तथा पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताउनुभयो।