पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा रोकिराखेको मिनी ट्रकमा स्कुटर ठो;क्किँदा सोमबार एक जनाको मृ;त्यु भएको छ । मृ;त्यु हुनेमा व्यास नगरपालिका–१२ छिर्कने बस्ने अन्दाजी २५–३० वर्षीय सागर न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो। दुर्घटनामा स्कुटरमा पछाडी सवार सोही ठाउँ बस्ने ६० वर्षीय कृष्णमाया पन्त घाइ;ते भएको थापाले बताउनुभयो। घाइते पन्तलाई थप उपचारका लागि गण्डकी मेडिकल अस्पताल पोखरा पठाइएको छ ।
डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग २२ प ३९८९ नम्बरको स्कुटर सडकखण्डको बायाँपट्टि रोकि राखेको बा १ क ८७१४ नम्बरको मिनी ट्रकमा ठोक्किँ;दा स्कु;टर चालकको मृ;त्यु भएको प्रहरीले जनाएको छ ।दुवै सवारी साधन जिल्ला प्रहरी कार्यालय तनहुँको नियन्त्रण;मा रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएकमो छ ।