टिम नेपो तनहुँको वर्ष २०२५/२६ को अध्यक्षमा राजु श्रेष्ठ चयन भएका छन् । संस्थाको शनिबार सम्पन्न साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
संस्थाकाे सचिवमा मनिषा आले, कोषाध्यक्षमा परशुराम ढुंगाना चयन भएका छन्।
समितिमा मनिषा आले र परशुराम ढुंगाना सह- जिल्ला प्रतिनिधि, दीपाली राना सम्पादक, नविन थापा सूचना सुचना संयोजक , थमन दर्लामी सदस्यता संयोजक, अप्सरा लामा शाह पाटनरसिप संयोजक रहेका छन्।
यस्तै वर्षा सारु आईपी जिल्ला प्रतिनिधि, सुझन लौडारी, गोविन्द तिमल्सेना, रवि अधिकारी, पवित्रा भुजेल पौडेल क्लब सल्लाहकार रहेका छन् भने मिन कुँवर जिल्ला प्रतिनिधि सल्लाहकार रहेका छन् ।
