तनहुँ सौन्दर्य व्यवसायी संघ ,नेपाल १२औ साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न भएको छ ।शनिबार दमौलीमा एक कार्यक्रमको आयोजना गरि उक्त साधारणसभा सम्पन्न भएको हो ।सो कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिका उप प्रमुख ईन्दिरा दरै रहनुभएको थियो । सो अवसरमा बोल्दै दरैले यश व्यवसायीले महिलाहरूलाई आर्थिक रूपमा बलियो बनाएको बताउनुभयो ।


कार्यक्रममा वरिष्ठ व्युटिसियन सावित्र श्रेष्ठ सौन्दर्य व्यवसायी अहिलेको समयमा महिलाहरूलाई सशक्तीकरण समेत गरेको बताउनुभयो ।
कार्यक्रममा संस्थापक अध्यक्ष सकुन्तला आलेले महिलाहरू अगाडि बढ्नको लागि कोही कसैको करले नहुने बताउनुभयो ।उहाँ आफै गर्न सक्छु गर्छु भनेर अगाडि बढ्यो भने यश व्यवसायीबाट राम्रो आम्दानी समेत गर्न सकिनेमा जोड दिनुभएको थियो ।
संस्थाका सल्लाहकार एंव महिला उद्यमी संघ नेपाल तनहुँका अध्यक्ष निर्मला मल्लले यश संस्थाले सौन्दर्य कार्यसँगै सामाजिक कार्य समेत गरेको र यश कार्यहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिनु भएको थियो ।
साथै कार्यक्रममा समाजिक अभियान्त सुदिप गफ्फारलाई समाजिक कार्य गरेको भन्दै सम्मान समेत गरेको छ ।

सो कार्यक्रम संघका अध्यक्ष मन्जु पियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा स्वागत विष्णु थापाले गर्नुभएको थियो भने कार्यक्रम संञ्चालान अराती गुरूङले गर्नुभएको थियो ।