लियो क्लब अफ तनहुँ निर्मल अल्फाको आयोजनामा व्यास १ स्थित श्री निर्मल माध्यमिक विद्यालयको प्राङ्गणमा राष्ट्रिय झण्डा राखिने कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका व्यास नगरपालिका वडा नम्बर २ का अध्यक्ष काशीराम श्रेष्ठ रहेका थिए भने क्लबका अध्यक्ष सुरज आलेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा श्रेष्ठले लियो क्लब अफ तनहुँ निर्मल अल्फाले बिद्यार्थी नेतृत्व बिकास र क्षमता बिकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

विद्यालयका सहायक प्रधानाध्यापक विरबहादुर बस्नेत, लायन्स क्लब अफ तनहुँका सचिव लायन अनिल कुमार श्रेष्ठ, लायन्स क्लब अफ तनहुँकी अध्यक्ष सरिता भण्डारी, लियो क्लब अफ तनहुँका संस्थापक सदस्य सुजित श्रेष्ठ, निर्वतमान अध्यक्ष आकाश खानाल ,अध्यक्ष रोबिन श्रेष्ठ र लियो क्लब अफ तनहुँ निर्मल अल्फाका निर्वतमान अध्यक्ष सुशिल लामगादे बि क लगायतको उपस्थिति थियो।