व्यास नगरपालिकाले पत्रकार अमरराज नहर्कीलाई सम्मान गरेको छ । पत्रकारिता क्षेत्रबाट व्यास नगरपालिकाको समग्र विकास अभियानमा आर्थिक वर्ष २०८१÷०८२ को उत्कृष्ट समाचार सम्प्रेषण गरे बापत मंगलबार ४३ औं नगर सभाबाट नगद दश हजार सहित सम्मान गरेको हो । व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले सयुक्त रुपमा सम्मानपत्र, नगद प्रदान गरी दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो।
नहर्की विगत दुई दशक अघि देखि पत्रकारितमा क्रियाशिल हुनुका साथै गोरखापत्र दैनिकको तनहुँ समाचारदाता समेत हुनुहुन्छ । नहर्की प्रेस युनियन तनहुँको निबर्तमान अध्यक्ष हुनुहुन्छ ।
