भिक्टोरीया डान्स प्रतियोगिता फाइनल अडिसन असार २८ गते हुने भएको छ ।बालबालिकाहरुको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले उक्त प्रतियोगिता राखिएको भिक्टोरीया डान्स एण्ड एक्टिङ स्कुलका संचालक सर्जन थापाले जानकारी दिनुभयो । भिक्टोरीया डान्स एण्ड एक्टिङ स्कुलले यो भन्दा अगाडी ३ सिजन संचालन गरिसकेको छ । चौथो प्रतियोगिता आगामी असार २८ गत व्यास २ स्थित भिक्टोरीया डान्स एण्ड एक्टिङ स्कुलको कार्यलयमा हुने थापाले बताउनुभयो ।
भिम्टोरिया डान्स एण्ड एक्टिङ स्कुलको आयोजना र मोहन बतास फाउनण्डेसनको सह आयोजकमा कार्यक्रम हुन लागेको फाउनण्डेसनका संस्थापक अध्यक्ष मोहन काजी बतासले जानकारी दिनुभयो ।
जिल्लाका विभिन्न स्कुलका विद्यार्थीहरु सहभागी हुने कार्यक्रम संयोजक एवं स्कुलका संचालक र्सजन थापा मगरले जनाकारी दिनुभयो । उहाँका अनुसार फाइन अडिसनमा एक सय जना भन्दा बढी सहभागी हुनेछन् ।
कार्यक्रम विजेताको प्रथम पुरस्कार रु ५० हजार ,ट्रफी र प्रमाण पत्र , फस्ट रनरअप नगत रु २५ हजार ट्रफी र प्रमाणपत्र , सेकेण्ड रनरअप नगत रु १५ हजार ट्रफी र प्रमाणपत्र रहेको बताईएको छ ।
१२ वर्ष अगाडी स्थापना भएको स्कुल अहिले बालबालिका देखि युवाहरुको मन जित्न सफल भएको छ ।