अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक तनहुँको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ अर्ध वार्षिक पूर्व समिक्षा कार्यक्रम सम्पन भएको छ । आइताबार दमौलीमा एक कार्यक्रमका बिच सो कार्यक्रम सम्पन भएको हो ।
कार्यक्रममा म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले राज्यलाई मानवअधिकार कार्यान्वयनको लागि बेला बेला खबरदारी गरिरहनु पर्ने जोड दिनुभएको थियो ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि तनहुँका प्रकाशचन्द्र भट्टराईका अनुसार तनहुँमा गत वर्ष भन्दा यस मानव अधिकारका घटनाहरु कम भएको बताउनुभयो ।उहाँले ६ महिनाकोअबधिमा जम्मा २१ जना मानवअधिकार उल्लंघन र ज्यादतीको घटना भएको बताउनुभयो । जसमध्ये हत्याका घटनामा ४ वटा, बलात्कार, बलात्कार प्रयास र यौनजन्य दुव्र्यहवार तर्फ ८ वटा घटना भएको उहाँले जनाकारी दिनुभयो । उहाँका अनुसार मानव बेचविखनमा २, कुटपिट, धम्की र दुव्र्यहवारको घटनामा ४, बालअधिकार तर्फ ३ र सम्पत्ती क्षतीमा १ वटा घटना भएका छन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी निरिक्षक राजु अधिकारीले घरेलु हिंसा ,महिला हिंसा बढ्नुको मुख्य कारण समाजिक सञ्जालको दुरुप्रयोग रहेको बताउनुभयो । उहाँले समाजिक सञ्जालको सहि सदुप्रयोग गरेर यस्ता किसिमका घटना विस्तारै कम हुन सक्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटिका सचिव प्रदिपराज अधिकारी,राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक विश्व बास्तोला,नेपाली काँग्रेसकी जिल्ला कार्य समिति सदस्य सिर्जना तिवारी, लगाएतले मानव अधिकारको विषयमा राज्यले गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।
उक्त कार्यक्रममा महिला मानव रक्षक सन्जालकी सदस्य बसुन्धरा घर्तीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
