नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गोर्खा र लम्जुङको संयुक्त आयोजनामा ४५ रोपनी क्षेत्रफलमा बर्खे धान रोपिएको छ । नेकपाले गोर्खा जिल्ला पालुङ्टार नरपालिका ३ स्थित भडारथोक तल्लोसेरा फाटमा बर्खे धान रोपाई कार्यक्रम सम्पन्न गरेको हो ।

नेकपाको केन्द्रीय नीतिअनुसार उत्पादनमा आधारित समाजवादको बाटो अघि बढाउने उद्देश्यले शनिबार नेकपा लम्जुङ र गोर्खाको संयुक्त आयोजनामा ४५ रोपनी क्षेत्रफलमा बर्खे धान लगाईएको थाई कमिटि सदस्य तथा प्रदेश ईन्चार्ज सिलु सी ले जानकारी दिनुभयो । जनता माझ श्रम, उत्पादन र आत्मनिर्भरताको भावना जागृत गराउने लक्ष्यले धान खेती गरिएको सिलुले बताउनु भयो । उहाँले गण्डकी प्रदेश भरका बिभिन्न जिल्लामा ८ देखि १०विगा क्षेत्रफलकमा कृषि खेती गरिएको जनाकारी दिनुभयो ।

असार १० देखी साउन १० सम्म महासचिब देखी कार्यकर्ता सम्म सबै नेता कार्यकर्ता श्रममा जोडिने उदेश्यले अन्य कार्यक्रमहरू स्थगित गरी खेती उत्पादनमा जोडिएको गोर्खा जिल्ला इन्चार्ज कपिल सीले बताउनुभयो । उहाँले पार्टी कार्यकर्तालाई श्रममा जोडी आत्मनिर्भरताको अभ्यास गर्ने अभियानमा जुट्न समेत आह्वान गर्नुभयो ।

नेपाल कृषि पेशामा राम्रो भएता पनि राज्यले यस तर्फ चासो नराखेको नेकपा लम्जुङ जिल्ला इन्चार्ज बिकिरण सी ले बताउनुभयो । बिकिरणले सत्तामा रहेको दल कुर्ची खेलमा मात्रै सिमित रहेको र कालो बजार तिर मात्रै ध्यान दिएको आरोप लगाउनुभयो । उहाले भन्नुभयो भ्रष्ट गरेको पैसाले पेट पाल्नु पर्दैन नेकपाले श्रम क्रान्ति र राजनिति दुबै गर्छ ।

त्यसैगरी लमजुङ जिल्ला सेक्रेटरी रबिन्द्र सी ले कृषि पेशामा देश नै आत्मनिर्भर गराउनको लागि पार्टीले चालेको कदम प्रसंशा योग्य रहेको बताउनुभयो । उहाले पार्टीको निति अनुसार काम गर्न पाउदा खुसि लागेको बताउनुभयो । रबिन्द्रले ११ बर्ष सम्म बाजो जग्गालाई जग्गाधनीसंग ५ बर्षे सहमतिमा लिई कृषि व्यवसायी गरेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश क सदस्य कम्रेड प्रसिद्ध सी , समाजवादी मगर मुक्ति मोर्चा केन्द्रिय सदस्य धनु सी लगाएतको उपस्थिति रहेको सेक्रेटरी काजी सीले जानकारी दिनुभयो । उक्त कार्यक्रमा ८० जना भन्दा बढीको सहभागी रहेको उहाँले बताउनुभयो । यस खेतीबाट उत्पादित धान निम्न बर्ग , बिपन्न परिवारलाई पार्टीले निशुल्क सहयोग गर्ने, बढी उत्पादन भएमा सुपथ मुल्यमा जनतालाई उपलव्ध गराउने र बिचौलीयाको अन्त्य गर्ने उद्धेश्य रहेको कम्रेड प्रसिद्ध सी बताउनुभयो ।