Listen
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली

साढे ५२ लाख ग्राहकको घरमा पुग्यो बिजुली

सुरेश सुनार

१ फाल्गुन २०७८, आईतवार

381
Share

देशभर बिजुली उपभोग गर्ने ग्राहकको सङ्ख्या ५२ लाख ५० हजार बराबर पुगेको छ । त्यसमा प्राधिकरणको मात्रै कूल ग्राहक सङ्ख्या ४७ लाख बराबर पुगेको छ । यस्तै, सामुदायिकतर्फका ग्राहकको सङ्ख्या पाँच लाख ५० हजार बराबर पुगेको छ । चालु आर्थिक वर्षको ६ महिनामा नै प्राधिकरणको ग्राहक सङ्ख्यामा एक लाख १२ हजार थप भएको छ । गत असार मसान्तमा कूल ग्राहक सङ्ख्या ५१ लाखको हाराहारीमा थियो । विद्युत् उपभोग गर्ने ग्राहकको सङ्ख्यामा क्रमशः बढोत्तरी हुँदै गएको छ । देशभर पछिल्लो विवरणअनुसार झन्डै ९२ प्रतिशत घरपरिवारमा बिजुलीको सेवा पुगेको छ । यसबाट क्रमशः सरकारले अपेक्षा गरेको उज्यालो नेपालको सपना क्रमशः साकार हुने क्रममा पुगेको छ । सरकारले कर्णाली प्रदेशका विभिन्न जिल्लामा दुई वर्षमा बिजुली उपलब्ध गराउने लक्ष्यका साथ काम भइरहेको छ । डोल्पा, हुम्ला र मुगुमा हालसम्म केन्द्रीय प्रसारण लाइन पुगेको छैन । ती जिल्लामा बिजुली उपलब्ध गराउन कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई केन्द्र बनाएर प्राधिकरणले काम गरिरहेको छ । प्राधिकरणले कर्णाली प्रदेशमा गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउनका लागि थप रु २५ अर्ब खर्च गर्ने योजना अगाडि बढाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार पछिल्लो ६ महिनामा बिजुलीको उपभोग गर्ने ग्राहकको सङ्ख्याका अलावा विद्युत् खपतसमेत वृद्धि भएको छ । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा कार्यकारी निर्देशक घिसिङले गत पुस मसान्तसम्म प्रतिव्यक्ति विद्युत् खपत ३२५ किलोवाट पुगेको छ । उहाँका अनुसार पछिल्लो छ महिनामा देशभर थप ३०० मेगावाट थप बिजुली खपत भएको छ । प्राधिकरणको केन्द्रीय प्रणालीमा हाल दुई हजार १३२ मेगावाट बराबरको बिजुली उपलब्ध छ । प्राधिकरणको यस अवधिमा कूल ४२.५२ प्रतिशत वित्तीय प्रगति भएको छ भने भौतिक प्रगति ४७.३८ प्रतिशत छ । तर यो लक्ष्यभन्दा कम हो । प्राधिकरणले चालु आवको ६ महिनामा ६४.३३ प्रतिशत वित्तीय प्रगति र ५९.६३ प्रतिशत भौतिक प्रगति हुने प्रक्षेपण गरेको थियो । विगत चार वर्षदेखि सर्वोच्च अदालतलगायत विभिन्न अदालतमा परेका मुद्दाका कारण रणनीतिक महत्वका योजना तथा प्रसारण लाइनको काम अगाडि बढ्न सकेको छैन । रूख कटानी, जग्गाको सट्टा जग्गा नै उपलब्ध गराउनुपर्ने प्रबन्धका कारण पनि काममा समस्या भएको घिसिङको भनाइ छ । रासस

प्रतिक्रिया छोड्नुस

छुटाउनुभयो कि ?

नेपाल रुबेला–मुक्त देश घोषित, नेपालीका लागि गर्वको विषय हो : स्वास्थ्यमन्त्री पौडेल

‘तिजलाई मौलिक र परम्परागत संस्कृतिका रूपमा मनाउनुपर्छ’

जहाँ द्वन्द्व छ त्यहाँ समाधान पनि छ : गृहमन्त्री लेखक

नेपाल र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता, धार्मिक सांस्कृतिक पर्यटन प्रवर्द्धनबारे छलफल

सरकारको खर्चभन्दा आम्दानी दोब्बर

लिसाको नतिजा आज सार्वजानिक गरिने, एलजिपिएस शुभारम्भ गरिने

advertise with tanahun taranga news

सम्पर्क ठेगाना

तनहुँ तरङ्ग मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नं: ३९४६-२०७९/८०

सम्पर्क

9807257785 / 9842268720

इमेल

tanahuntaranga@gmail.com

प्रकाशक/ प्रधान सम्पादक

सुरेश सुनार

सम्पादक

किरन नेपाली

समचारदाता

मनिता पन्थ

प्राविधिक प्रमुख

दिपिन बिश्वकर्मा

सल्लाहकार

सन्त बहादुर नेपाली

सल्लाहकार

बिनोद कुमार बि.क

सल्लाहकार

लाएन्स किङ्ग टंकु

हामीलाई फलो गर्नुस्

TanahunTarangaNews
newstanahun
TanahunTarangaTv

आदिकवि भानुभक्त क्याम्पसका प्रशिक्षार्थीहरु

बिशाल रुचाल
युबराज डौलिया
धन बहादुर आले

© Tanahun Taranga Media Pvt. Ltd. - 2025 All rights reserved.

Made in Damauli

Designed & Developed By : Dipin Bishwakarma

Hosted on : NestNepal