नेशनल व्याबसन तनहुँ र अल्फा पब्लिकेसनको संयुक्त आयोजनामा एक दिने ई सि डी तालिम दमौलीमा सम्पन भएको छ । नेशनल व्याबसन तनहुँका अध्यक्ष विश्वेवर खनालको अध्यक्षताका सो कार्यक्रम सम्पन भएको हो । कार्यक्रमको प्रमुख अतिथि नेशनल व्याबसनका केन्द्रिय उपाध्यक्ष तीलक बहादुर चौहान रहनुभएको थियो । सो अवसरमा बोल्दै चौहानले शिक्षकहरुलाई यस्ता तलिमले थप अध्यापनमा सहयोग पुग्ने बताउनुभएको थियो ।


कार्यक्रममा नेशनल व्याबसनका केन्द्रिय सचिव सन्त बहादुर तामाङ , केन्द्रिय सदस्य रामकृष्ण वि क लगाएतले यो तामिल शिक्षिकलाई आवश्यक रहेकाले यसलाई वार्षिक रुपमा निरन्रता दिनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रम प्रशिक्षक अल्फा पबिलकेसनका प्रतिनिधि एन्जिता श्रेष्ठले गर्नुभएको थियो । उहाँले विभिन्न र्चाट,क्लेस काई,अडियो,भिडियो मल्टीमिडिया प्रयोगबारे प्रस्तुतीकरण गर्नुभएको नेशनल व्याबसन तनहुँका अध्यक्ष विश्वेवर खनालले जनाकारी दिनुभयो ।


सो तालिममा ३९ विद्यालयका ८० जना शिक्षकहरुको उपस्थित रहेको थियो ।
उक्त कार्यक्रमको स्वागत नेशनल व्याबसनका उपाध्यक्ष प्रकाश खड्काले गर्नुभएको थियो भने कार्यक्रम संञ्चालन सचिव ऋषिकेश क्षेत्रीले गर्नुभएको थियो ।