प्रदेश आयुर्वेद चिकित्सालय दमौलीले अत्याधिक गर्मी बढेपछि सेवाग्राहीलाई मध्यनजर गर्दै बिहानमा सेवा प्रवाह कार्य थालेको छ । कार्यालयले सूचना जारी गर्दै सेवा प्रवाहको समय तालिका परिवर्तन भएको कुराको जानकारी दिएको हो ।
यही बैशाख ७ गते बिहान ६ बजेदेखि दिउँसो ११ बजेसम्म स्नेहन÷श्वेदन,वस्ती कर्म,नस्य÷जलनेती र शिरोधारा सेवा प्रवाह गरिने वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईले जानकारी दिनुभयो । बिहानको समयमा पन्ध्रदेखि बीस जनाको हाराहारीमा बिरामी उपचारका लागि आउँने गरेका छन्,उहाँले भन्नुभयो “तनहुँसहित छिमेकी जिल्ला गोरखा,लमजुङ र कास्कीका केही भेगका मानिसहरु उपचारमा आउने गरेका छन् ।”
उक्त प्रकृतिका बिरामीका लागि बाफ लगाएर उपचार गरिने हुँदा दिउँसो गर्मीको समयमा झनै गर्मी हुने र बिहानको समयमा उत्तम हुने देखिएकाले समय परिवर्तन गरिएको हो । दिउँसोका समयमा कार्यालयले नियमित गर्ने बिरामी परीक्षण,ल्याब परीक्षण लगायतका कार्यमा दैनिक ५०÷६० जनाले सेवा लिने गरेका छन् ।
कार्यालयले यसअघि बिहान १० बजेदेखि ३ बजेसम्म सेवा प्रवाह गर्दै आएकोमा समय परिवर्तन गरी बिहानमा सेवा दिदै आएको कार्यालय प्रमुख डा।नारायण श्रेष्ठले जानकारी दिनुभयो । पछिल्ला समय आयुर्वेद विधिबाट गरिने उपचारतर्फ मानिसहरुको आकर्षण बढ्दै गएको छ । उपचार विधि प्रभावकारी भएकाले यसतर्फ बिरामीको आकर्षण बढ्ने हुँदा अधिकाँश समय बिरामीको चाप हुने गरेको सो कार्यालयले जनाएको छ । अधिकाँश बिरामी अन्यत्र उपचार गराएर हैरानी भएर आउने गरेका छन्,उहाँले भन्नुभयो “यहाँ आउँने बिरामीले नियमित उपचार गराएमा दीर्घकालिन रुपमा रोग निको बनाएर घर फर्किने गरेका छन् ।”