“ म बद्लिए ,मेरो देश बद्लिनेछ ” भन्ने नारा सहित सामाजिक अभियान्ता सुदीप गफ्फारको नेतृत्वमा आगामी शनिबार बृहत बुल्दीखोलामा सरसफाइ एवं फोहोर संकलन प्रतियोगिता हुने भएको छ । सोमबार नेपाल पत्रकार महासंघ तनहुँको सभाहलमा आयोजित पत्रकार सम्मेलन गर्दै आगामी जेठ १७ गते शनिबार बृहत बुल्दीखोलामा सरसफाइ प्रतियोगिता हुने जनाकारी गराएको हो ।
फोहोर संकलन प्रतियोगिताको प्रथम पुरस्कार नगत रु १० हजार प्रमाणपत्र ,द्धितिय पुरस्कार नगत रु ५ हजार प्रमाणपत्र रहेको गफ्फारले बताए । गफ्फारका अनुसार सरसफाई अभियानमा व्यास नगरपालिका ,वडा ,टोल, विद्यालय, क्याम्पस,युवा क्लवसँग सहकार्य गरेको छु । प्रतियोगिताका लागि एउटा वडा तथा टोलवाट १५ जनाको समुह रहन सक्ने र धेरै फोहोर संकलन गर्ने टिमलाई प्रथम बनाईने उनले पत्रकार सम्मेलनमा जनाकारी दिए ।
गफ्फारका अनुसार यश अभियानको उद्देश्य नदि सफा गर्नु यसको पारिस्थितिकीय स्वास्थ्य पुर्नस्थापना गर्ने, जल प्रदुषण कम गर्दै पानीको गुणस्तरमा सुधार ल्याउने , सार्वजनिक स्वास्थ र मनोरञ्जन सुविधा संरक्षण गर्नु, नदि संरक्षणको बारेमा जागरूकता गर्नु रहेको छ।
गफ्फारको नेतृत्वमा गत वर्ष पनि बृहत बुल्दीखोलामा सरसफाइ अभियान संञ्चालन गरिएको थियो । उक्त अभियानमा १० हजार म्याट्री टन फोहोर सङ्कलन गरिएको थियो भने ३ हजार जना भन्दा बढीको सहभागिता रहेको थियो ।
सो बृहत सरसफाई अभियानमा विद्यार्थी ,शिक्षक ,जनप्रतिनिधि लगाएत सम्पूर्णलाई उपस्थित हुन गफ्फारले आग्रह समेत गरेका छन् ।